Posts

Showing posts with the label 14 Feb

मन का कुरा, प्रिये शेलो लाई,,,

(This post is written in Nepalese context!!) फाल्गुन ४, २०६५ काठमाडौं, नेपाल प्यारी शेलो, फाल्गुन महिना को पहिलो साता मा छौ हामी र अङ्रेजी महिना हेर्ने हो भने फेब्रुअरी को केही भाग अझै बाँकी छ। हिजो प्रणय दिवस को दिन (१४ फेब), मैले तिमी सँग दिन को धेरै समय बिताए, लगभग दुई तिहाइ। अविस्मरणिय पल हरु थिए ती। यस् दिन को सम्झना सधैं रही रहन्छ मेरो स्‍मृति पटल् मा। आउने हरेक बर्ष मा तिमी सँग बिताएका पल हरु सम्झने छु। खरानी भएर गये पछी पनि मेरो आत्मा मा तिमी रहनेछौ, त्यो दिन को याद ले मलाई सधैं काउकुती लाई रहेने छ। तिमी सँग बिताएका दिन हरु, जहाँ धेरै भोगाइ र नियती देखे मैले, कती अनौठा कुरा हरु को आभास पनि भयो मलाई, ति दिन हरु म कहिले पनि बिर्सिन्न। तर, आज कता कता सुन्न मा आयो, फेब्रुअरी महिना को अन्त तिर हाम्रो भेट्घाट अली कम् हुन्छ रे। के यो सत्य हो प्रिये? साह्रै नरमाइलो लागी रहेको छ। तिमी सँग धेरै समय मैले बितायी सके। तिमी बिना म कसरी बाँच्न सकुँला? किन र, तिमी जान्छौ? कि कुनै अर्को देश जादैछौ? तिम्रा अभिभावक हरु त भन्चन यो बर्खे झरी पछी तिमीलाई, सदा का लागी अन्माउछन् रे, हो र? कती सजिलै भ...